Radio Golden Live..

काठमाण्डौबाट घर फर्कन दिने निर्णयबाट पछि हट्यो सरकार

सरकारले शुक्रबार र शनिबार काठमाण्डौ उपत्यकाबाट घर फर्कन पाउने निर्णय नभएको जनाएको छ ।

यसबारेमा निर्णय नै हुन नपाइ सञ्चारमाध्यममा खबर आएको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलको सचिवालयले दावी गरेको छ । तर यसअघि पोखरेलकै सचिवालयले शुक्रबार र शनिबार काठमाण्डौबाट घर फर्कन दिने, तर काठमाण्डौ आउन नपाउने निर्णय भएको जनाएको थियो ।

तर सञ्चारमाध्यमा खबर सम्प्रेषण भएको केही समयपछि फेरि सचिवालयले घर पठाउने निर्णय नभएको जनाएको हो । ‘पक्का निर्णय नभइकन सञ्चारमाध्यममा गयो, निर्णय भएकै छैन’, रक्षामन्त्री पोखरेलको भनाइ उदृत गर्दै उहाँको सचिवालयले भनेको छ ।

काठमाण्डौ अलपत्र परेकालाई घर फर्कन दिने निर्णय गर्ने तयारी भए पनि विभिन्न प्रदेश र जिल्लाबाट त्यसो नगर्न दबाब आएपछि सरकार पछि हटेको बुझिएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]