Radio Golden Live..

डम्बर लामिछानेद्धारा मजदुर अपाङ्ग , गरिबहरुलाई खाधान्न तथा खानेकुरा बितरण

कोरोना भाइरसको त्रासले गर्दा चैत्र ११ बाट नेपालमा पनि लकडाउन भएको छ । यस्ता अबस्थामा एक ठाउबाट अर्को ठाउमा जान रोक लगाइरहेको बेला यसको ठुलो असर मजदुरहरु लाई परेको छ ।

मजदुरहरुको लागि सरकारले राहतको घोषणाा गरेतापनि कतिपयले राहत पाइरहेको छैन र यस्ता बिपन्न मजदुरहरुलाइ विभिन्न समाजसेविहरुले राहत तथा खानेकुराहरु बाडिरहेका छन । यस्तैमा गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लिद्धारा डम्बर बहादुर लामिछानेले बौद्वमा बस्दै आएका विभिन्न जिल्लाका अति बिपन्न मजदुर अपाङ्ग सडक पेटिमा बसेर माग्ने तथा गरिबहरुलार्इ खाधान्न तथा खानेकुरा बितरण गरेका छन ।

उनिहरु लकडाउनका कारण आफ्नो जिल्ला जान नपाएको तथा खाधान्नको अभाब रहेका थियो । कपन मिलन चोक बस्दै आएका लामिछानेले यसरि यस्तो अबस्थामा रहेका गरिबहरुलाइ सहयोग गर्न पाउँदा आफुलाइ आत्मासन्तृष्टि रहेको बताएका थिए ।

संखुवासभा, दोलखा, ओखलढुगां, सिन्धुपालचोक, हुम्ला जिल्लाका मजदुरहरुलाई वितरण गरिएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]