Radio Golden Live..

मजदुरहरुलाई खाधान्न बितरण

कोरोना भाइरसको त्रासले गर्दा चैत्र ११ बाट नेपालमा पनि लकडाउन भएको छ । यस्ता अबस्थामा एक ठाउबाट अर्को ठाउमा जान रोक लगाइरहेको बेला यसको ठुलो असर मजदुरहरु लाई परेको छ ।

बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरसको कारण बिशेषगरि देशको मजदुरहरुलाइ बिहान बेलुका खाको अभाब भइरहेको छ ।

यस्ता बिपन्न मजदुरहरुलाइ विभिन्न समाजसेविहरुले राहत तथा खानेकुराहरु बाडिरहेका छन । यस्तैमा गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लिद्धारा तथा फटक बहादुर पराजुली र श्री महालक्ष्मी ज्वलर्स कपन मिलन चोकका राजन रसाईली, तुल्सा रसाईली लामिछानेद्धारा बिभिन्न जिल्ला घर भइ हाल राजधानिमा बसोबास गरिरहेको मजदुरहरुलाइ खाधान्न बितरण गरिएको छ ।

यस अघि लक डाउनका कारण खाधान्न समस्या भएका विभिन्न मजदुरहरुलाइ सहयोग गर्दे आइरहेका छन । उनिहरु लकडाउनका कारण आफ्नो जिल्ला जान नपाएको तथा खाधान्नको अभाब रहेका थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]