Radio Golden Live..

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन एकसाता थप्ने

सरकारले फेरि लकडाउनको समय थप्ने तयारी गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या धमाधम देखिन थालेपछि अन्य विकल्प नभएपछि सरकारले लकडाउनलाई नै निरन्तरता दिन लागेको हो ।

कोभिड १९ उच्चस्तरीय समन्वय समितिको सुझावको आधारमा मन्त्रिपरिषद् बैठकबाट लकडाउनको समयसीमा थप्ने तयारी गरिएको हो । हालसम्म १४ जना संक्रमित रहेको र धेरै संकास्पद बिरामी रहेकाले कम्तिमा पनि १४ दिन लकडाउन लम्ब्याउनुपर्ने देखिएको छ । तर, सरकार भने अहिले एक साता समय थपेर अघि बढ्ने मनसायमा रहेका छ।

लकडाउनका कारण मजदूरहरु समस्यामा परेको अवस्थामा उनीहरुको हितमा सरकारले के निर्णय गर्छ भन्ने पनि चासोको विषय रहेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार बिहान ११ बजेपछि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । बैठकले राहतका विषय र संक्रमितको उपचार र रोकथामका सन्दर्भमा थप निर्णय लिने बुझिएको छ ।

सरकारले बैशाख ११ देखि लगाएको लकडाउनको समयसीमा बिहीबार मध्यरातिदेखि सकिँदैछ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]