Radio Golden Live..

भारतमा कोरोना संक्रमित ३१ हजार, मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा १८ सय ९७ संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या ३१ हजार ३३२ पुगेको छ ।

त्यस्तै २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल एक हजार ७ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ७ हजार ६९६ जना ठिक भएका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख ३८ हजार ३६९ पुगेको छ भने मृतकको संख्या २ लाख १७ हजार ९८३ पुगेको छ ।

त्यस्तै विश्वभर ९ लाख ५५ हजार ८११ कोरोना संक्रमित ठिक भएका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]