Radio Golden Live..

काठमाडौं उपत्यकामा लकडाउन पालना नगरेको भन्दै १७ सय जना नियन्त्रणमा

सरकारले घोषणा गरेको लकडाउन पालना नगरेको आरोपमा काठमाडौं उपत्यकामा करिब १७ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानबाट १६९७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जसमा १२ सय ६१ पुरुष र ४३६ जना महिला रहेका छन् । यस्तै ३३९ सवारी साधन पनि प्रहरीले होल्ड गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार लकडाउनको पालना नगर्नेलाई ३ घण्टासम्म सोही स्थानमा होल्ड गरिँदै आएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]