Radio Golden Live..

नेकपा अध्यक्ष प्रचण्डलाई फेसबुकमा गाली गरेको आरोपमा पत्रकार पाठक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई गालीगलौज गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् । उनलाई केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले पूर्व प्रधानमन्त्री दाहाललाई सार्वजनिक गालीगलौज गरेको आरोपमा पक्राउ गरिएको बताए। उनीविरुद्ध दाहालको सचिवालयले सुरूमा ५ चैतमा प्रेस काउन्सिलमा उजुरी दिएको थियो।

काउन्सिलले कुनै संचार माध्यममा नभई पाठकले सामाजिक सञ्जालमा लेखेकाले कारवाही गर्ने आधार नभएको निश्कर्ष निकालेको थियो । त्यसपछि ब्युरोले अनुसन्धान थालेको थियो।

पाठकलाई १४ चैतमा संचारमन्त्री युवराज खतिवडाले निर्णय गर्दै रेडियो नेपालका तर्फबाट स्पष्टीकरण सोधेका थिए। त्यसको समेत पाठकले जवाफ नदिएपछि ब्युरोले हिरासतमा लिएको हो।

पाठकले २२ चैतदेखि नै निरन्तर दाहालविरुद्ध समाजिक संजालमा लेख्दै आएका थिए। उनीविरुद्ध बैंकिङ कसुर र अख्तियार दुरूपयोगमा समेत सीआईबी र अख्तियारले अनुसन्धान गरिरहेका छन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]