Radio Golden Live..

रोल्पामा बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु

रोल्पामा बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गरे।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको डिएसपी गुरुङले बताए ।

‘टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, अर्को विष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृत्यु भएको छ,’ डिएसपी गुरुङले भने।

घटनाबारे विस्तृत विवरण केही बेरमै आउने प्रहरीले बताएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]