Radio Golden Live..

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।

प्रजातन्त्र सेनानीसमेत रहेकी गायिका रानुदेवीको आज ८३ वर्षको उमेरमा निधन भएको हो । काठमाडौंको केएमसी अस्पतालमा आज बिहान २ बजे उनको निधन भएको हो । रानुदेवीले जागो नेपाली बोलको गीत गाएर तत्कालीन राणा शासनविरुद्धको क्रान्तिमा सहयोगसमेत गरेकी थिइन् । नेपाली कांग्रेसबाट राजनीति समेत गरेकी उनी शिक्षिका पनि थिइन् ।

वीरगन्‍जमा सन् १९३६ नोभेम्बर २७ मा जन्मिएकी रेडियो नेपालकी प्रथम गायिका रानुदेवीले इतिहास विषयमा एमएसम्मको अध्ययन गरेकी थिइन् । पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय ९पौडेल० की पुत्री रानुदेवीको बाल्यकाल बनारसमा बित्यो भने विक्रम संवत २००६ सालमा विराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह भएको थियो ।

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विसं २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् । २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो । विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गरेका हुन् । रानुदेवीले रेडियो नेपालको स्थापनाकालदेखि गीत गाएकी हुन् ।

अधिकारी नेपाली कांग्रेसकी नेतृ दिवंगत नोना कोइरालाकी बहिनी हुन् । २०३६ सालको शिक्षक आन्दोलनमा जेल परेकी रानुदेवी जनआन्दोलनपछि केही समय नेपाल महिला संघ मोरङको अध्यक्षको जिम्मेवारीमा पनि थिइन् । अधिकारी आदर्श बालिका विद्यालय विराटनगरमा अध्यापन गर्थिन् ।

२०६३ सालमा उनीबारे ु५६ वर्षपछि।।।ु नामक सांगीतिक वृत्तचित्र बनाइएको थियो । उक्त वृत्तचित्र पत्रकार तथा गीतकार शंकर खरेल र गायक तथा संगीतकार सुमित खड्काले बनाएका हुन् । उनका छोरा अविन र छोरीहरू अर्चना तथा अल्पना छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]