Radio Golden Live..

तेस्रो अध्यक्ष बन्ने प्रस्तावमा माधव नेपालद्वारा ठाडो अस्वीकार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा तेस्रो अध्यक्षको प्रस्ताव अगाडि नबढ्ने भएको छ । शनिबार बालुवाटारमा बसेको सचिवालयको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अगाडि नबढाउने निर्णय गरेको हो ।

यसअघि पार्टीमा विवाद बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले उनलाई पनि अध्यक्ष बनाउने प्रस्ताव अघि सारेका थिए । नेपाललाई अध्यक्ष बनाउने र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कोरोना संक्रमण सकिएपछि प्रधानमन्त्री बनाउन तयारी सुरु गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव थियो ।

तर, शनिबारको सचिवालय बैठकमा माधवकुमार नेपालले आफू तेस्रो अध्यक्ष बन्न तयार नभएको बताएका हुन् ।

उनले अध्यक्ष बन्ने प्रस्तावलाई अस्वीकार गरेसँगै अब नेकपामा तेस्रो अध्यक्ष च्याप्टर क्लोज भएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]