अमेरिकन आइडलको टप १० मा दिवेश पोखरेल

नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको उत्कृष्‍ट १० मा पर्न सफल भएका छन्। उत्कृष्‍ट २० जनाबाट धेरै भोट पाएर उनी उत्कृष्ट १० जनाभित्र पर्न सफल भएका हुन्।

हिजो पनि दिवेशले दमदार प्रस्तुति दिए। उनको प्रस्तुतिलाई निर्णायकले ‘तिम्रो लजालुपन नै तिम्रो गोप्य हतियार’ भएको संज्ञा दिएका थिए।

विश्वभरबाट आफूलाई भोट गरेर सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनको पफर्मेन्सलाई लिएर निणार्यकले अमेजिङ भन्दै हौसला प्रदान गरेका थिए । अमेरिकन आइडलले दिवेशको गायन कलाको प्रशंसा गर्दै एफोर्टलेस पफर्मेन्स भनेको छ ।

यसअघि दिवेशले आफ्ना लागि भोटको अपिल गरेका थिए । उनले आफ्नो फेसबुक पेजमार्फत नेपाली भाषामा बोल्दै भोटको अपिल गरेका थिए ।

अमेरिकन आइडलले एसएमएस, अमेरिकन आइडलको वेभसाइट र अमेरिकन आइडलको एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था मिलाएको छ । तीनवटा माध्यमबाट एकजनाले १०/१० पटक गरेर ३० भोट गर्न सकिन्छ ।

अमेरिकन आइडलको जारी १८औं शृंखलाको निर्णायकमा लुके ब्रायनसँगै केटी पेरी र लिओनेल रिची छन् ।

२० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी आफैं गीत रचना, संगीत तथा गाउने गर्छन् । उनले आफ्ना गीत तथा सिर्जना आफ्नै यु–ट्युब च्यानल आर्थर गनमार्फत सार्वजनिक गर्दै आएका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]