Radio Golden Live..

भारतले मानसरोवर जाने बाटो खोलेकोमा कमल थापाको विरोध

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लिम्पियाधुरारलिपुलेक लगायतका नेपाली भूभाग अतिक्रमण हुँदा पनि सरकार उदासीन बसेको आरोप लगाएका छन् ।

भारतीय रक्षामन्त्रीले धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलास्थित लिपुलेक हुँदै मानसरोवर पुग्ने सडकको उद्घाटन गरेपछि थापाले यसको विरोध गरेका हुन् । उनले नेपाली भूभाग अतिक्रमणबारे सरकारले आवश्यक कदम चाल्नुपर्ने धारणा राखेका छन् ।

‘लिम्पियाधुरारलिपुलेक नेपाली भूमि हो । त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातको निमित्त खोलिएको तथ्य सार्वजनिक भएको छ’ पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका थापाले ट्विटरमा लेखेका छन्, ‘भारत सरकारको यस कार्यको भत्सर्ना गर्दछु । नेपाल सरकारको उदासीनता खेदजनक छ । यसबारे अविलम्ब आवश्यक कदम चाल्न सरकारसँग माग गर्दछु ।’

सन् १८१६ मा भएको सुगौली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको काली ९महाकाली० पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । सर्वे अफ इन्डियाले सन्धि विपरीत नेपाली भूभागसमेत भारततर्फ पर्ने गरी नक्सा सार्वजनिक गरेको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]