Radio Golden Live..

नेकपा सचिवालय वैठक बालुवाटारमा सुरू

नेकपा सचिवालय बैठक सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको वैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ।

सरकारले आज दिउँसो ४ बजे नीति तथा कार्यक्रम पेश गर्दैछ। नीति तथा कार्यक्रममा रहेका विषयबारे जानकारी गराउन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले सचिवालय बैठक बोलाएका हुन्।

यसअघि वैशाख ३१ गते नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न बोलाइएको स्थायी कमिटी वैठक कोरोना सन्त्रासको कारण स्थगित भएको थियो।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]