Radio Golden Live..

उपत्यकाका गल्लीहरुमा समेत बाहिर निस्के प्रहरीले पक्राउ गर्ने

विभिन्न बहानामा भित्री सडक र गल्लीहरुमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने भएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउनमा कडाइ गर्न यस्तो नीति बनाएको हो ।

शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको समेत खारेज भएको छ । अब जारी हुने पास नीलो रङको हुने छ । गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने निर्णय जिल्ला सुरक्षा समितिले गरेको हो।


© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]