बराबरीमा रोकियो लिपजी

आरबी लिपजीले जर्मन बुन्डेस लिगा फुटबलमा बराबरी खेलेको छ ।

शनिबार राति भएको खेलमा लिपजीले फ्रेइवर्गसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

हारसँग लिपजी उपाधि टाइटलमा केही कमजोरी देखिएको छ । लिगको चौथो स्थानमा रहेको लिपजीको २६ खेलबाट ५१ अंक छ । फ्रेइवर्ग ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

खेलको ३४औं मिनेटमा म्यानुएल गुल्डेले गोल गर्दै फ्रेइवर्गलाई अग्रता दिलाएका थिए । खेलको ७७औं मिनेटमा युसुफ पुल्सेनले गोल गर्दै लिपजीलाई बराबरी गोल दिलाए ।

शनिबारै भएका अन्य खेलमा वुल्फवर्गले अग्स्बर्गलाई २–१ ले पराजित गरेको छ । बर्लिनले होफेनहाइमलाई ३–० गोल अन्तरले हराउँदा फोर्टुना डुसेलडोर्फ र पाडेरबोर्नले गोलरहित बराबरी खेलेका छन् । एजेन्सी

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]