सैनिक पोशाक लगाएर सवारीसाधन चलाउने खड्का सेनाका भगौडा

नेपाली सेनाले सैनिक पोशाक लगाएर बन्दाबन्दी सवारीसाधन चलाउदै गर्दा नियन्त्रणमा लिएका ब्यक्ति सेनाको भगौडा रहेको खुलेको छ । सेनाले ती ब्यक्तिलाई सैनिक प्रहरी गणमा राखेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दोलखा घर भई हाल बाँसबारी क्षेत्रमा होटल व्यवसाय गर्दै आएका शुशिल खड्का नेपाली सेनाको सैन्य आधार तालिममा रहँदा २०६८ सालका भगौडा परेको जनाएको छ ।

नेपाली सेनाले सैनिक भेषमा सवारी साधन चलाई लकडाउन उल्लंघन गर्न खोज्नेलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकाका चार स्थानका मुख्य चोकमा सैनिक प्रहरी खटाएको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, बन्दाबन्दीका समयमा सैनिक पोशाक लगाएका व्यक्तिले चलाएका सवारी साधनको ओहोरदोहोर बक्लो देखिएको भन्ने गुनासो प्राप्त भएपछि सैनिक मुख्यालय जङ्गी अड्डाले जाँच गर्न उपत्यका चार स्थानमा सैनिक प्रहरी खटाइएको हो।

सेनाले काठमाडौं उपत्यकाको नयाँबानेश्वर, महाराजगञ्ज, कालिमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइएको छ। सैनिक गैरसैनिकले सैनिक पोशाक लगाएर चलाइएका सवारी साधन नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाउने छ।

सैनिक मुख्यालयले कोभिड–१९ को जोखिमबाट सुरक्षित रहन र लकडाउन पालना गर्न अत्यावश्यक व्यक्ति अथार्थ १० प्रतिशत जनशक्तिलाई मात्र आवश्यकतानुसार जिम्मेवारीमा खटाएको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]