कोरोनाका कारण मृत्यु भएकी महिलाको परिवारको सबै सदस्यको रिपोर्ट नेगेटिभ

कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारको सबै सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको छ । १४ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ देखिएको धुलिखेल अस्प्तालले जनाएको छ ।

उनीहरुको पिसिआर परीक्षण धुलिखेल अस्पतालमै गरिएको थियो । उनीहरुको नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी भएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]