Radio Golden Live..

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न गृहमन्त्रालयको चेतावनी, दुर्व्यवहार गरे हदैसम्मकाे कारबाही गरिनेछ’

गृहमन्त्रालयले महामारी विरुद्धको लडाइमा अग्रपंतिमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न चेतावनी दिएको छ ।

स्वास्थ्यकर्मीमाथि विभिन्न किसिमका दुर्व्यवहार भएका खबरहरू सार्वजनिक भएपछि आइतवार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरि ध्यानाकर्षण भएको जनाएको हो ।

महामारीबाट सुरक्षित रहनको लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट स्वास्थ्य सम्बन्धी सुरक्षा सर्तकता अपनाउनु आवश्यक भए पनि दुर्व्यवाहर गर्नु कानुनविपरित भएको गृहले जनाएको छ ।

ूयस कठिन क्षणमा सुरक्षा सर्तकताको नाममा अग्रपंतिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानून विपरितका कार्यहरु गरी निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सुरक्षा सर्तकताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने, घरभाडामा बसीरहेका व्यक्तिहरुलाई विना कारण निकाल्ने लगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,ू विज्ञप्तिमा उल्लेख गरिएको छ ूविश्‍वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सबैले सामूहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु निश्‍चय पनि राम्रो होईन ।ू

नेपाल सरकारको निर्णयले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको र जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्‍याउने जुनसुकै व्यक्तिलाई पनि सोही कानून बमोजिम सजाय हुने प्रावधान समेत रहेको गृहले जनाएको छ ।

मन्त्रालयको अनुरोधको बेवास्ता वा अटेरी गरी अवाञ्‍छित क्रियाकलापमा संलग्न कूनैपनि व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम हदैसम्मको सजाय हुने गृह मन्त्रालयका प्रवक्ता केदार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]