Radio Golden Live..

नेपालविरुद्ध खनिएका अर्नव गोस्वामीविरुद्ध मुद्दा चलाउन भारतीय अदालतको आदेश

भारतीय पत्रकार अर्नब गोस्वामीमाथि साम्प्रदायिक सद्भाव भड्काएको आरोप लागेको छ । अदालतले उनीविरुद्ध मुद्दा चलाउन प्रहरीलाई अनुमति दिएको छ ।
मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउँ भनी दायर गरिएको उनको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको समाचारमा जनाइएको छ ।
अदालतले उक्त अपिल खारेज गरेसँगै महाराष्ट्र प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

गोस्वामीले मुम्बई शहरका लाखौं सुकुम्बासीबिरुद्ध टेलिभिजन कार्यक्रममार्फत बारम्बार तुच्छ र निकृष्ट भाषा प्रयोग गरेको आरोप लागेको छ । प्रहरीले सोही विषयमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
प्रहरीले आफूलाई समात्ने देखेपछि उनले मुद्दा खारेजीको मागसहित केस चलाउनै पर्ने भए प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई हस्तान्तरण गर्नुपर्ने जिकिर बोकेर दिल्लीस्थित सर्वोच्च अदालत पुगेका थिए । तर अदालतले लकडाउनको अवधिमा भिडियो कन्फ्रेन्स बिधिमार्फत गोस्वामीको अपिल खारेज गरेको थियो ।

रिपब्लिक टिभीमा कार्यरत उनले नेपाल–भारत सीमा विवादका सम्बन्धमा नेपालीहरुप्रति अनेक टिकाटिप्पणी गरेका थिए । उनले कार्यक्रममार्फत नेपाल चीनको इशारामा नाचेको निराधार आरोप लगाएका थिए । उनकै टेलिभिजन कार्यक्रममा काँग्रेस नेता मिनेन्द्र रिजालसँग उनको चर्काचर्की भएको थियो । उनले तथ्यहीन प्रश्न गरेपनि रिजाल भड्किएका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]