Radio Golden Live..

उड्ड्यन प्राधिकरणको वेबसाइट भारतीय ह्याकरको कब्जामा

नेपाल नागरिक उड्ड्यन प्राधिकरण(क्यान)को वेबसाइट भारतीय ह्याकरले आफ्नो कब्जामा लिएको छ।

भारतीय ह्याकरहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)  को वेबसाइट ह्याक गरेका छन् । आइतबार अपराह्न उनीहरुले क्यानको आधिकारिक साइट www.Caannepal.gov.np ह्याक गरेका छन् ।

उनीहरुले क्यानकाे साइटमा भारतीय झण्डा राखेका छन् । साइट ह्याक गर्नेले आफूलाई ‘टिम आइक्रु’ नाम दिएको छ । उनीहरुले ‘फिल द पावर अफ इण्डियन ह्याकर’ भन्ने सन्देश पनि छाडेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले आफूहरुले ह्याकबारे जानकारी पाएको र यसलाई मर्मतको लागि माथिल्लो निकायमा जानकारी गराएको बताउनुभयाे । ‘केन्द्रीय तहबाटै बनेको साइट भएकाले यो हेर्ने निकाय छुट्टै छ, हामीले जानकारी गराइसकेका छौँ ।’ पोख्रेलले भन्नुभयो ।

नेपालले नयाँ नक्सा जारी गरेपछि पछिल्लो केही दिनयता नेपाली र भारतीय ह्याकरबीच एक अर्काका देशका वेबसाइट ह्याक गर्ने क्रम बढेको छ । 

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]