दूधकोसी आयोजना बन्ने, आगामी वर्ष १३ सय मेगावाट बिजुली थपिने

सरकारले आगामी वर्ष एक हजार तीन सय मेगावाट बिजुली थपिने बताएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमा दूधकोसी जलाशययुक्त आयोजना निर्माण सुरु गर्ने घोषणा पनि गरिएको छ।

यसमा ४ वटा दातृ निकायले लगानी गर्नेछन्। माथिल्लो तामाकोसी, रसुवागढीलगायत आयोजनाको निर्माण सकाउने बजेटमा उल्लेख छ ।

‘नेपालको पानी जनताको लगानी’ अन्तर्गत माथिल्लो अरुण, किमाथांका, जगदुल्लालगायतका आयोजनाहरू पनि अघि बढाइने खतिवडाले बताएका छन् ।

यस्तै, नेपालको बिजुली भारतमा बिक्री सुरु गर्ने योजना पनि सरकारले बजेटमा ल्याएको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]