Radio Golden Live..

नेपालमा कोरोनाभाइरस बाट मृत्यु हुनेको संख्या ७

नेपालमा कोरोनाभाइरस बाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ को क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको हो ।

भारतबाट फर्किएर दैलेख जिल्लाको दुल्लुस्थित विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका उनी आज बिहान एक्कास्सी ढलेका थिए । दैलेखको दुल्लु नगरपालिका ११ का उनी ३५ वर्षीय पुरुष भएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले विज्ञप्ति मार्फत पुष्टि गरेका छन्।

उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

यस अघि नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले उनको स्वाब पठाइएको र रिपोर्ट आउन बाँकी रहेको बताएको थियो । यस अघि ६ पुरुष र १ महिलाको मृत्यु भइसकेको छ ।

नेपालमा संक्रमितको संख्या १४०१ जना पुगेको छ भने २१९ जना संक्रमण मुक्त भएका छन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]