Radio Golden Live..

धादिङ केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरस्केलको राति भूकम्प

धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे ।

भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको उनले स्पष्ट पारे ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]