Radio Golden Live..

रुपन्देहीमा चट्याङ लागेर दुई जनाको मृत्यु

रुपन्देहीको आज चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका बार्ड नम्वर ५ की ५३ वर्षीय कमलावती यादव र लुम्बिनी सास्ंकृतिक नगरपालिका बार्ड २ केलटलिया बस्ने ५५ वर्षीय चयनमति यादवको मृत्यु भएको छ ।

उनीहरु मध्ये कमलावतिको आप रुपमा बसेको बेला चट्याङ लाग्दा घटनास्थालमै मृत्यु भएको हो भने अर्को यादवको चट्याड लागेर घरमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले बताए । उनीहरु दुवै जना बारीमा काम गर्न गएका थिए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]