Radio Golden Live..

कोरोनाविरुद्धको औषधि पत्ता लागेको छैन, भ्रममा नपर्नुस् – स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी कुनै खोप या खाने औषधि पत्ता नलागेको भन्दै भ्रममा नपर्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मंगलवार नियमित प्रेस ब्रिफिङमा बोल्दै खाने औषधि या खोप पत्ता नलागेको जानकारी दिएका हुन् ।

‘एउटा सानो अनुरोध छ,’ उनले भने, ‘कोरोना सम्बन्धी कुनै खोप या खाने औषधि पत्ता लागेको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु ।’

विगत केही दिन यता नेपालमै यस्तो औषधि बनेको भन्दै प्रचार भइरहेको थियो । तर त्यो सही नभएको डाक्टर गौतमले पुष्टि गरेका हुन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]