Radio Golden Live..

राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउँछ: प्रचण्ड

त्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकप) का अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको बताएका छन् ।

शनिवार प्रतिनिधि सभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथि दफाबार छलफलमा अध्यक्ष प्रचण्डले नेपालको स्वाधिनता र राष्ट्रियताका सवालमा सबै दल एक भएको बताए ।
‘नेपालको राष्ट्रिय स्वाधिनता र भौगोलक एकतालाई सुदृढ गर्ने समय आएको छ, ऐतिहासिक महाअभियानलाई सफल पार्ने देशको गुमेको भूमि फिर्ता लिने प्रक्रियाबाट शुरु भएको छ’, उनले भने ।

भारतलाई अप्ठ्यारोमा पार्न यो विधेयक नल्याएको बताउँदै प्रचण्डले नेपाली जनताको भावनालाई, चहानालाई बुझुन भारतलाई आग्रह गरे । उनले नेपाल वार्ता र सहमतिबाटै समस्या समधान गर्ने पक्षमा रहेको समेत बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]