Radio Golden Live..

प्रहरी नायब उपिरक्षक भरत बहादुर बिक सम्मानित

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र नक्साल आयोजनामा लकडाउनको समयमा समाजमा कोहि भोका नरहुन भन्ने उदेश्यले सँघ सस्था तथा वडासँग मिलेर २५ शय मजदुरहरुलाइ लगातार १५ दिनसम्म खाना खुवाउने कार्यक्रम सफल भएकोमा विभिन्न सँघ सस्था ब्यक्ति तथा प्रहरी जवानहरुलाइ सम्मान गरिएको छ ।

प्रहरी नायब उपरिक्षक बिश्वराज पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ब्याबसायि समाजसेबि राजनैतिक दलका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

सम्मानित भएकाकामध्ये प्रहरी नायब उपिरक्षक भरत बहादुर बिकले आफ्नो १० महिने कार्यकालमा जनताको सेवा गर्न पाएकोमा ज्यादै आभारि रहेको र आफुले गरेको कामको उचित मुल्याकन गर्दै गरिएको सम्मानप्रति आभारि रहेको बताए । साथै आफुले विभिन्न सँघ सस्थाहरुसँग मिलेर काम गरेको र प्रहरी सेवा भनेको जनताको सेवा रहेको र । आफुले पाएको सम्मानले झनै जिम्मेवारी बनेको बताए ।

त्यस्तै प्रमुख अतिथि बिश्वराज पोख्रेलले विश्व सँकटमा रहेको बेला युवाहरुले उदाहरणिय काम गरेको र समाजका दुखि नागरिकहरुलाइ आफुलाइ बिर्सेर सेवा गरेको भन्दै यस्तै युवाहरुले देशको परिस्थिति हटाउन सक्ने समेत बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]