अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका एक पुरुषले आत्महत्या गरेका छन् ।
शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका पुरुषले गएराति आत्महत्या गरेका छन् ।
शितगंगा नगरपालिका–५ हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले आत्महत्या गरेका हुन् ।
उनले साथीहरु निदाएपछि विद्यालय नजिक रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । उनी अन्य दुईजना साथीहरु सँगै एउटै कोठामा बसेका थिए ।