रोमाञ्चक जित हात पार्दै चेल्सी तेस्रो स्थानमा, लेस्टर र आर्सनलले अंक बाँडे

इंग्लिस प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेसमाथि ३-२ को रोमाञ्चक जित हात पारेको छ।

चेल्सीका लागि जिरुडले छैटौं मिनेटमा पहिलो गोल गरेका थिए। पुलिसिकले २७ मिनेटमा अग्रता दोब्बर पारे। तर प्यालेसका जाहाले ३४ मिनेटमा गोल फर्काए।

७१ मिनेटमा चेल्सीका अब्राहमले टिमका लागि तेस्रो गोल गरेका थिए। लगत्तै प्यालेसका बेन्केटेले गोल गरेपछि खेल ३-२ को अवस्थामा आएको थियो।

लिगको अर्को खेलमा आर्सनल र लेस्टरले १-१ गोलको बराबरी खेलेका छन्।

खेलको २१ मिनेटमा आर्सनलका एउबामेयाङले पहिलो गोल गरे। ७५ मिनेटमा एनकेटियाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित बन्यो। ८४ मिनेटमा लेस्टरका जिमी भर्डीले बराबरी गोल फर्काए।

लिगमा तेस्रो स्थानमा उक्लिएको चेल्सीले ३४ खेलबाट ६० अंक जोडेको छ। चौथो स्थानमा झरेको लेस्टरको समान खेलबाट ५९ अंक भएको छ। आर्सनल ५० अंक जोड्दै सातौं स्थानमा रहेको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]