Radio Golden Live..

बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । अभिनेता बच्चनले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।

उनले कोरोना पुष्टि भएलगत्तै आफू अस्पताल भर्ना भएको जनाएका छन् । यस्तै उनले आफ्ना परिवारका अन्य सदस्यको पनि कोरोना परीक्षण गरिएको र नतिजाको पर्खामा रहेको बताए । उनले आफूसंग पछिल्लो १० दिनमा सम्पर्क आएकाहरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

यस्तै उनका छोरा अभिनेता अभिषेक बचनलाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएपछि दुवैजनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिषेकले दुवैजनालाई कोरोनाको सामान्य लक्ष्यण देखिएको ट्वीटरमार्फत् जानकारी दिएका छन् । अभिनेता अभिषेकले सबैलाई शान्त रहन र नआत्तिन आग्रह समेत गरेका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]