अयोध्याको बारेमा दिएको अभिव्यक्ति अप्रमाणित, विवादास्पद र गैरजिम्मेवारः डा. शेखर कोइराला

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले श्रीरामको जन्मस्थान सम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्ध खलबल्याउन सक्ने बताएका छन् ।

ओलीले मंगलबार भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए ।

‘प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका छन्’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् । धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु सह्य नहुने उनको भनाइ छ ।

उनले लेखेका छन्:

प्रधानमन्त्रीले अयोध्याको वारेमा अप्रमाणित, बिवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउॅने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका छन। जसरी गौतम बुद्ध र लुम्बिनीका वारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं त्यसैगरी भारतीयहरु मर्यादा पुरुष भगवान श्रीराम र अयोध्याका बिषयमा केही कुरा सुन्न चाहॅदैनन्। अयोध्या भारत लगायत सम्पूर्ण हिन्दुहरुको आस्थाको केन्द्र हो। धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कदापि सह्य हुदैन।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]