Radio Golden Live..

सिँचाई कार्यालय खोटाङका प्रमुख ९ लाख घुससहित पक्राउ

नौं लाख रुपैंयाँ घुससहित डिभिजन सिंचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठ पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो । उनलाई मंगलबार कार्यालय खुल्ना साथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो ।

अख्तियारको टोलीले उनलाई मंगलबार कार्यालयबाटै पक्राउ गरेको हो । अहिले कार्यालय शिल गरिएको प्रहरीले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]