Radio Golden Live..

अन्तिम समयमा लोकसेवाले लिने सहसचिव पदको अन्तर्वार्ता स्थगित

लोक सेवा आयोगले अन्तिम समयमा सहसचिव सरहको सूचना प्रविधि विज्ञ पदको अन्तरवार्ता स्थगित गरेको छ ।

सो पदको अन्तरवार्ता बुधबार दिउँसो दुई बजे तय भएको थियो । त्यसको केही घण्टा अगाडि मात्रै आयोगले अनिश्चितकालका लागि अन्तरवार्ता स्थगित गरेको सूचना जारी गरेको छ ।

लोक सेवा आयोगका उपसचिव देवी प्रसाद सुवेदीले जारी गरेको सूचनामा ‘विशेष कारणबस’ अन्तरवार्ता स्थगित गरेको उल्लेख छ । तर ‘विशेष कारण’ खुलेको छैन ।


© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]