Radio Golden Live..

घुससहित समातिए इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत

सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस रकमसहित आज पक्राउ परेका छन् ।

लेखा अधिकृत पोखरेललाई ६५ हजार घुस लिएको अभियोगमा कार्यकक्षमै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

इटहरी –६ घर भएका लेखा अधिकृत पोखरेलले लामो समयदेखि सेवाग्राहीसँग कमिसन लिने गरेको सूचनाका आधारमा आयोगले पोखरेलमाथि निगरानी गर्दै आएको थियो ।

उनलाई इटहरी –६ स्थित बिपी चोकस्थित समिप होटलमा सेवाग्राहीसँग रकम लिँदै गरेको आरोपमा पक्राउ गरिएको आयोग इटहरीले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]