Radio Golden Live..

दार्चुलाको पहिरोमा घाइते भएकालाई उपचारका लागि हेलिकप्टरबाट कोहलपुर लगियो

दार्चुलामा पहिरोले घर पुरिदां घाइते भएका दुई जनालाई उपचारका लागि हेलिकप्टरबाट कोहलपुर लगिएको छ।

घाइते ३५ वर्षीया लक्ष्मी ढोली र उनकी १२ वर्षीया छोरी सोनियालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारको लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए।

मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर माथिबाट पहिरो खसेर मंगलबार दुई जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए।

अर्का घाइते शुभमलाई भने सामान्य चोट लागेको उनले बताए।

घाइतेको उपचारको लागि गाउँपालिका, सो क्षेत्रका सांसद लगायतले आर्थिक सहयोग गर्ने बताएका छन्।

सोही घटनामा लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको थियो।

पहिरोले अरू दुई पसलमा पसलमा क्षति पुगेको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]