दीपिकाले २० करोड पारिश्रमकि लिदाँ, प्रभाषलाई ५० करोड

बाहुबली फेम प्रभास र दीपिका पादुकोण सिनेमाको पर्दामा जोडी बनेर आउने पक्का भइसकेको छ।

उनीहरू नाग अश्विनको निर्देशनमा बन्ने एक साइ(फाई फिक्सन सिनेमामा एकसाथ आउन थालेका हुन्।

प्रभासले लामो समयदेखि दीपिकासँग काम गर्ने चाहाना राख्दै आएका थिए।

सिनेमामा दीपिका र प्रभासको जोडी बाँध्न सिनेमाका निर्माताले महँगो रकम खर्च गरेको सार्वजनिक भएको छ।

समाचारका अनुसार प्रभासको जोडी बन्न दीपिकाले २० करोड भारूको मोटो पारिश्रमिक बुझेको भारतीय संचारमाध्यमले जनाएका छन्।

दीपिकाले बुझेको यो पारिश्रमिकले दीपिकालाई भारतीय सिनेमा इतिहासमा सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री बनाएको छ।

सिनेमाका लागि प्रभासले भने ५० करोड भारू पारिश्रमिकले बुझेको बताइन्छ।

मेगा बजेटमा बन्ने यो सिनेमा थुप्रै भारतीय भाषामा रिलिज हुनेछ।

दीपिका पछिल्लो समय आफ्ने होम प्रोडक्सनमा बनेको ुछपाकुमा देखिएकी थिइन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]