Radio Golden Live..

काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ९ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ५ जना संक्रमित भेटिएका छन् ।

ललितपुर र भक्तपुरमा २–२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

संक्रमित कहाँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]