Radio Golden Live..

थप १ सय ३३ कोरोना संक्रमित

शुक्रबार १ सय ३३ जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गरिएको छ।

त्यस्तै, २४ घण्टामा १ सय ७ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ भने क्वारेन्टिनमा बस्नेको संख्या १९ हजार ४ सय ४४ छ।

कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]