Radio Golden Live..

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४५

कोरोना भाइरस संक्रमणबाट बाराकी १७ वर्षीया एक किशोरीको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

बारा परवानीपुर वडा नम्बर ८ की ती किशोरीमा कोरोना पोजेटिभसँगै पखला, श्वासप्रश्वासलगायत समस्या पनि देखिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १७ वर्षीय किशोरीको शुक्रबार बेलुकी निधन भएको जानकारी दिए।

साउन ८ गते स्वाब संकलन गरिएको र ९ गते उनमा कोरोना पुष्टि भएको थियो। उनको शरीरमा अक्सिजनको मात्रा पनि कम भएको थियो।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]