सुनिल र सुगम पोखरेललाई पितृशोक

बरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल तथा नेपाली सांगितिक क्षेत्रका लोकप्रिय गायक सुगम पोखरेललाई पितृशोक परेको छ ।

सुनिल र सुगमको बुवा श्री एक नाथ पोखरेलको असामयिक निधन भएको हो । रंगेली वडा नम्बर २ मोरङमा बस्दै आएका एकनाथको गए राती निधन भएको छ ।

उनका बुबाको शनिवार निधन भएको बारे उनका नजिकका साथी दिपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

यस्तै उनका बुवा पोखरेलको शनिबार राती सवा ९ बजे बिराटनगरस्थित आफ्नै निवासमा निधन भएको सङ्गीतकार अर्जुन पोखरेलले जानकारी दिए ।

एकनाथ लामो समयदेखि दम र मधुमेहबाट ग्रसित थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]