Radio Golden Live..

वीरगंजका मेयर सरावगीलाई कोरोना पुष्टि

वीरगंजका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। ज्वरो आएपछि उपचारका लागि सरावगी काठमाडौँ आएका थिए। परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो। उनी सोमबार काठमाडौँ आएका थिए।

स्टार हस्पिटलमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। बिहीबार रिपोर्ट आएको थियो। हाल आफ्नै निवास टंगालमा होम आइसोलेसनमा रहेको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए।

सरावगीले आफ्नो फेसबुकमा पनि आफू संक्रमित भएको जानकारी गराएका छन्। नागरिकको सेवामा जुटिरहँदा आफूलाई संक्रमण भएको भन्दै सचेत रहन आग्रह पनि गरेका छन्। कोरोना नियन्त्रण अब स्थानीय सरकारको पहलले मात्र नहुने उनले जनाएका छन्।

सरावगीले वीरगंजमा कोरोना समुदायस्तरमा नै फैलिएको पनि दाबी गरेका छन्।

आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु ।विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर संभव…

Posted by Vijay Kumar Sarawagi on Thursday, 30 July 2020
© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]