Radio Golden Live..

काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार आइतबार काठमाडौं उपत्यकामा १ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमण देखिएको हो।

आजमात्रै कोरोनाका ८ सय १८ कोरोना संक्रमित थपिएका छन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]