Radio Golden Live..

फरार प्रतिवादी पक्राउ

कास्की प्रहरीले सरकारी छाप किर्ते मुद्दामा दोषी ठहरिएका तीन जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

पर्वतको मोदी गाउँपालिका–६ तिलाहर घर भई चाउथेमा व्यापार गर्ने निर्दोष गिरी, पोखरा महानगरपालिका–३३ का ऋषिराम गिरी र पोखराको हरिचोकका असिम भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ तीनै जना जिल्ला अदालतले २०७५ वैशाखमै दोषी ठहर गरे गरे पनि हालसम्म फरार थिए । जिल्ला अदालतले उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक वर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत पोखरामा पेस गरिएको प्रहरीले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected].com