धनुषामा थप एक जना संक्रमितको मृत्यु

धनुषामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर चार मुरली चोकका ६०वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

भदौ १९ गते स्वासप्रस्वासको समस्या देखिएपछि उनको भेन्टिलेटरमा उपचार गरिदैं आइएको थियो।

ती पुरुषको गत भदौ २२ गते पीसीआर परीक्षण गरिएको थियो।

शुक्रबार उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश मिश्रले जानकारी दिए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]