काठमाडौंमा ४४० सहित उपत्यकामा थपिए ५ सय १२ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप जनामा कोरोना संक्रमण देखिएको हो।

त्यसमध्ये काठमाडौंका ४ सय ४० जना, ललितपुरका २९ जना र भक्तपुरका ४३ जना छन्। अहिलेसम्म काठमाडौंमा ९ हजार ५ सय ८६ जना, ललितपुरमा १ हजार १ सय ६२ जना र भक्तपुरमा ९ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबारमात्रै ८ सय ७९ जना निको भई घर फर्किसकेका छन् भने थप १५ जनाले ज्यान गुमाएका छन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]