एमालेले बैशाख ९ गते पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास गर्ने

काठमाडौं । नेकपा एमालेले मदननगर बल्खुस्थित पार्टी मुख्यालय भवन आउँदो बैशाख ९ गते शिलान्यास गर्ने भएको छ ।

केन्द्रीय कमिटी वैठकले मुख्यालय भवन बैशाख ९ गते शिलान्यास गर्ने निर्णय गरेको हो । पार्टी कार्यालयको शिलान्यासको व्यवस्थापन महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सचिवालयले गर्ने छ । एमाले मुख्यालय भवन २०७२ साल बैशाख १२ गतेको महाभूकम्पले भत्किएको हो । बल्खुस्थित मदन आश्रित भवन भूकम्पले भत्कएपछि एमालेले धुमबाराहीमा केन्द्रीय कार्यालय संचालन गर्दै आएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]