पार्टी विवाद छलफलबाट समाधान गर्न ओलीलाई नेता नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी९एमाले० का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रको मतभदेको बारेमा छलफलमा आउन आग्रह गर्नुभएको छ । पार्टी भित्र आन्तरिक विवाद चर्किदै जाँदा नेता नेपालले आइतबार काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई विवाद समाधानका निम्ति छलफलमा आउन सार्वजनिक रुपमा आग्रह गर्नुभएको हो ।

समस्याको समाधान बैठकबाट खोज्नुपर्ने उहाँले बताउनुभयो । आफू अनुकुल नहुँदा बैठक नै नराख्ने प्रवृत्ति ओलीसँग रहेको भन्दै ओलीलाई सुधार्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै कुरामा मतभेद छ भने आउनुहोस्, बसेर बहस गरौं । छलफल गरौँ । तर छलफल गर्न बहस गर्न त पार्टी चाहियो । बैठकमा त बस्नुपर्यो । कुनै समस्याको समाधान खोज्नु छ भने बस्नु त पर्यो । बस्नका लागि संगठन चाहियो । संगठनको बैठक चाहियो । बैठकमा उपस्थित हुनुपर्यो ।’

नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि पार्टी कमिटी २०७५ साल जेठ २ गतेको अवस्था अगाडिबाट चलाउनुपर्ने बताउनुभयो । त्यसबेलाको संगठनात्मक संरचनालाई यथावत् राखेर र पदाधिकारीहरुलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि भनिरहेका छौँ पुरानो ठाउँमा आउनु भनेको के हो त रु २०७५ साल जेठ २ गतेमा जानु भनेको विघटन गरिएको पार्टीलाई फेरि ब्युताउनु हो । त्यो बेलाको संगठनात्मक संरचनालाई यथावत राख्नु, जो जो नेतृत्वमा थिए उसलाई स्वीकार गर्नु, जो जो पदाधिकारी थिए उसलाई मान्नु । जो जो सदस्य थिए त्यसलाई स्वीकार गर्नु यही होइन र रु तर उहाँले स्वीकार गर्न चाहानु भएन । एकलौटी रुपमा मनपरी ढंगले आफूसँग सहमत नभएका व्यक्तिहरुलाई फाल्न थाल्नुभयो ।’

नेता नेपालले आफूहरु चुप लागेर नबस्ने बताउनुभएको छ । नवौँ महाधिवेशनमा थोरै मत अन्तरले मात्रै आफू ओलीसँग पराजित भएको स्मरण गराउँदै उहाँले अझैपनि आफूहरुको ४२ जिल्लामा बर्चश्व रहेको र तल्लो कमिटीमा बहुमत रहेको जिकिर गर्नुभयो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]