फेरि बढ्यो कोरोना, एकैदिन ६ सय संक्रमित थपिए


काठमाडौं । नेपनलमा पछिल्लो समय कोरोना भाइरस संक्रमण (कोभिड १९) फेरि बढ्न थालेको छ । कोभिड १९ दोस्रो संस्करण देखापरेसँगै संक्रमण बढ्न थालेको हो । २४ घन्टामा देशभरबाट ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्याका अनुसार देशभर ४ हजार २ सय ८९ आरटी पिसिआर र ४ सय ५१ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणको नतिजामा कुल ६ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थपिएका ६ सय ६ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार ५ सय ६७ पुगेको छ । यीमध्ये ४ हजार ५६ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ सय ७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जना गरी उपत्यकामा २ सय ५४ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ८० जना र भेन्टिलेटरमा २५ जना उपचाररत छन् ।

मंगलबार देशभर १ सय २९ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय २९ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७४ हजार ४ सय ४७ जना पुगेको छ । निको हुने दर ९७।५ प्रतिशत रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार बुधबार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६१ पुगेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]