प्यूठान दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो


काठमाडौं । प्यूठानकाे स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ । बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी लिएर स्वर्गद्वारी गएको लु १ ज १६५५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी, मुसिकोट नगरपालिका–३ बस्ने का २२ वर्षका सवारी चालक केशव कार्की रहेका छन् ।

दुर्घटनामा घाइते भएका अन्यलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।

नयाँ वर्षको बिदा मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका १२ जना कर्मचारी प्युठानको स्वर्गद्वारी जाँदै गर्दा दुर्घटना भएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]