एमाले एकता टुंग्याउन अध्यक्ष ओलीले खटाए दूत : नेता नेपाल र नेम्वाङबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता सुवास नेम्वाङबीच भेट भएको छ । बिहीबार साँझ भएको भेटमा नेम्वाङले नेता नेपाललाई पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन आग्रह गर्नुभयो ।

दशबुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोजक हुनुहुन्थ्यो । ‘एकताको सन्दर्भमा कुराकानी छलफल भयो । तपाईं र अध्यक्ष कमरेड भेटघाट गर्नुहोस् । कुराकानी गर्नुहोस् । एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्छ भनेको छु,’ नेम्वाङले भन्नुभयो ।

उहाँले आफूले भेटमा दश बुँदे सहमतिको जगमा उभिएर अगाडि बढ्न आग्रह गरेको बताउनुभयो । ‘दश बुँदे सहमति गरेका छौं । यसलाई टुंगोमा पुर्याउनुपर्छ । अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ,’ नेम्वाङले भन्नुभयो ।

जवाफमा नेता नेपालले छलफल गरेर अगाडि बढ्ने बताउनुभएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]